थप ३१०६ मा सङ्क्रमण पुष्टि, २३ जनाको मृत्यु


  • १६ श्रावण २०७८, शनिबार १८:४४ प्रकाशित
  • १०६ पटक पढिएको

  • काठमाडौं:  नेपालमा गत २४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिएका छन् ।

    देशभरका प्रयोगशालामा १३५१९ जनामा गरिएको आरटी पीसीआर र र एन्टीजेन परीक्षणमा ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    २४ घण्टामा १९१६ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । नेपालमा निको भएको दर ९४.१ प्रतिशत रहेको छ ।

    उपत्यकाका काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना संक्रमित भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस