तीन मुक्तकः मदन घिमिरे


  • १७ श्रावण २०७८, आईतवार १२:११ प्रकाशित
  • ९८ पटक पढिएको

  • तीन मुक्तक 

    मदन घिमिरे
    १.
    खहरे बन्ला आजको खोली नसोचे मात्र हुन्छ ।
    कुनै वचनलाइ पराईको बोली नसोचे मात्र हुन्छ ।
    तिमी आफ्नो जिन्दगीभर खुशी चाहन्छौ भने–
    के थियो हिजो, के हुन्छ भोलि नसोचे मात्र हुन्छ ।

    २.
    सपनाको ठेकी बेचेर, मदानी बेचेर ।
    सकेपछि सबैथोक छानीछानी बेचेर ।
    घरमा आगो लगाउने तयारी गरेको छ–
    धनी हुन्छु सोच्दै छ ऊ खरानी बेचेर ।

    ३.
    पारेर आफ्ना सपना उजाड, हुर्काएकी हुन् ।
    घोटेर हाड अनि फोरेर पहाड हुर्काएकी हुन् ।
    मेरी आमाले भोको पेटमा पटुका कसेरै पनि–
    मलाई मेरो मुखमा पु¥याएर माड हुर्काएकी हुन् ।

    रूपा –६, कास्की

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%३%१%

    प्रतिक्रिया लेख्नुहोस