ब्रेकिङ; कक्षा १२ लगायत विश्वविद्यालयका सम्पुर्ण परीक्षा स्थगित


  • १८ श्रावण २०७८, सोमबार १६:२३ प्रकाशित
  • ८४ पटक पढिएको

  • कक्षा १२ सहित सबै तहको परीक्षा स्थ’गन गरिएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले को’रोना भाइरसको जो’खिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिए ।

    भर्चुअल पत्रकार सम्मेलनमा उनले को-भि’ड–१९ को तेस्रो लहरको जो’खिम पनि बढिरहेकाले परीक्षा स्थ’गन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको उल्लेख गरे ।कक्षा १२ को परीक्षा साउन ३१ भदौ ९ सम्म हुने गरी तालिका सार्वजनिक भएको थियो ।

    ‘नि’कट भविष्यमा सञ्चालन हुन गईरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ’ उनले भनेका छन् ।त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमै को’रोना भाइरसवि’रुद्धको खोप उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढेको बताएका छन् ।

    मन्त्री श्रेष्ठले सोमबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै नेपालमै को’रोना खोपको व्यावसायिक उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढाइएको बताएका हुन् ।खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकृतिको चरणमा रहेको पनि उनले जनाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ९%४%५%८%४%

    प्रतिक्रिया लेख्नुहोस