सरकारद्वारा ‘भूमि सम्बन्धित समस्या समाधान आयोग’ खारेज


  • १९ श्रावण २०७८, मंगलवार १८:५९ प्रकाशित
  • १०९ पटक पढिएको

  • काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई खारेज गरेको छ ।

    केपी ओली प्रधानमन्त्री हुँदा भूमिहीनहरुलाई जग्जा बाँड्नेसहित बसाेबास व्यवस्था गर्ने कामको लागि गठन गरिएको आयोगलाई मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले खारेज गरेको हो । 

    आयोगका केन्द्रमात्रै होइन जिल्लाजिल्लामा नै संरचना खडा गरिएको थियो । 

    कार्यकर्तालाइ भर्ती केन्द्र बनाउन आयोग गठन गरिएको भन्दै आलोचना भएको थियो । तर, एमाले नेता देवी ज्ञवाली अध्यक्ष रहेको आयोगका सबै संरचना खोरेजीमा परेका छन् । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया लेख्नुहोस