प्राधिकरणमा कुलमानको पुनःन्युक्ति , हितेन्द्रलाइ उर्जामा तानिने


  • २७ श्रावण २०७८, बुधबार ११:५३ प्रकाशित
  • १३९ पटक पढिएको

  • शंकर बुढाथोकी / काठमाडौं, साउन २७ गते । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेकाे छ  ।
    उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय आइपुगेको र आज उहाँलाई नियुक्ति गर्ने प्रक्रिया थालिएको मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले बताउनुभयो । आजै उहाँले पदबहाली गर्ने उहाँले बताउनुभयो ।
    हाल बहालवाल प्रमुख कार्यकारी हितेन्द्रदेव शाक्यलाई भने उर्जा आयोगको विज्ञको जिम्मेवरी दिइने भएको छ । शाक्यलाई विशिष्ट श्रेणी सरह र खाइपाइ आएकाे सुविधा कटाैती नहुने गरी उर्जा आयाेगमा विज्ञका रूपमा पठाउने तयारी भएकाे प्रवक्ता भेटवालले बताउनुभयाे । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस