विज्ञान र कोरोना (कविता)


  • ६ भाद्र २०७८, आईतवार २२:३० प्रकाशित
  • १८२ पटक पढिएको

  • विज्ञान र कोरोना (कविता)
     शोभा बरुवाल

    विज्ञानका साधकको मनमा छ डर
    दिनदिनै बढ्दै छ नि कोरोनाको दर
    विज्ञान नि हार्दैछ कोरोनाको अघि
    यसकै राज हुने हो कि अब विश्वभरि ।

    हराभरा संसार थियो बारुदले भरियो
    ओजनलाई पातल्याउने नकाम गरियो
    बम आयो, बारुद आयो, शान्ति हरायो
    एउटा सुक्ष्म भाइरस देखी विज्ञान डरायो ।

    भरपर्दो दबाइ खोइ कोरोनाका लागि
    संसारबाट कता जाने अब हामी भागी
    कता गयो कता झुक्यो विज्ञानको धाक
    संसारलाई जोगाउन अब सबै लाग ।

    प्रकृतिलाई संरक्षण गरी अघि बढौँ
    विनास हैन विकासले संसारलाई भरौँ
    पृथ्वी नै जोगाऊ विज्ञ मङ्गल खोज्नुभन्दा
    मनमुटाव, रिस, युद्ध सबै गरौँ बन्द ।

     

    कक्षा : १०
    विद्यालय : श्री नेपाल आदर्श मा.वि., गणबहाल, काठमाडौँ, नेपाल

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया लेख्नुहोस