जयसिह धामीको हत्या तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरुद्ध नेकपा ‘विप्लव’को काठमाण्डौमा प्रदर्शन


  • ९ भाद्र २०७८, बुधबार २३:४० प्रकाशित
  • १५८ पटक पढिएको

  • राजेश सिह बराइली
    काठमाण्डौ, भाद्र ९ । नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्लाले आज जयसिह धामीको हत्या तथा पेट्रोलियम पदार्थको मूल्यविद्धि बिरुद्ध र्याली कार्यक्रम गरेको छ । काठमाण्डौ जिल्ला इन्चार्ज माइला लामाको संयोजकमा रत्नपार्कको शान्ति बाटिकाबाट असन इन्द्रचोक हुँदै पुःन शान्तिबाटीकमा कोण सभा गरि कार्यक्रम समापन भएको थियो ।

    कोण सभालाई सम्बोधन गर्दै लामाले साउन १५ गते दार्चुलाबाट काठमाण्डौ आउने क्रममा भारतीय एसएसविका जवानले तुइन काटीदिए पछि महाकाली नदीमा खसेर बेपत्ता भएका जय सिह धामीको न्यायका लागि सरकारले चासो नदिएको र न्यायका लागि लड्न समाजका सम्पुर्ण अंगहरु पत्रकार, पुलिस, सेना, नेता, बुद्धिजिवी विदार्थीहरु एक हुन आवश्याक रहेको जनाएका छन् । उक्त घटना पछि सरकारले छानविन गर्नको लागि छानविन समिती बनाएको भएपनि अहिलेसम्म सत्य तथ्य ल्याउन सकेको छैन । यो एउटा प्रतिनिधि घटना मात्र हो सिमाका नागरिकहरुले एसएसविका अत्चार कैयौँ पटक सहनु परेको र त्यसका विरुद्धमा सरकार चुइक्क बोल्न सम्म पनि नसकेको बताए ।
    त्यसै गरि नेपाल सरकारले लगातार गरेको मुल्य बृद्धिको पनि विरोध गरेका छन् । विश्व बजार तेल र डलरको मुल्य घट्दा पनि नेपाल मा चाहि बढाइ रहने । नेपाल मा आइ पुग्दा जम्मा ७८ रुपैयाको हाराहारीमा परेपनि अहिले नेपाली जनता १३० रुपैया तिर्दै आएका छन् । नेपाल आएल निगम ४ अर्व घाटामा छ र कर्मचारीहरु भने ४० करोड बोनस बाढिरहेका छन् भनि आरोप लगाउनु भयो । नेपाल सरकारका कर्मचारीहरु र नेता तथा मन्त्रिहरुले पनि बार्षिक करोडौँ निशुल्क तेल प्रयोग गरेर राज्यको ढुँकुटी सिध्याएका छन् ।


    साथै नेता लामाले भन्नु भयो, संसदीय ब्यवस्था नेपालमा फेल भइसकेको अवस्थामा एक पटक जनतालाई आप्mना लागि कस्को किसीमको सासन ब्यवस्था ठिक हुन्छ भनि छान्नको लागि जनमत संग्रहमा जान आवश्याक रहेको औल्याउनु भयो । र नेपाली जनताले बैज्ञानिक समाजवादनै अवलम्बन पनि गर्ने प्रतिज्ञा ब्याक्त गर्नु भयो ।
    कार्यक्रमा पार्टीका भातृ संगठनका प्रतिनिधिहरु, कार्यकर्ताको ठुलो उपस्थितका साथ भ्रष्टचारको अन्त्य गर, एमसीसी चाहिन्दैन, विदेशी दलाल मुर्दावाद भन्दै चर्काे नारा लगाएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस