बाल कविता: बाच्छी


  • ११ भाद्र २०७८, शुक्रबार १९:०६ प्रकाशित
  • २६५ पटक पढिएको

  • बाल कविता: बाच्छी
    विमला ढुङ्गाना निरौला                                                
    बाच्छी गर्छे बाँ…बाँ…
    खोज्दै आफ्नी आमा
    भोकाएर होकी
    आमा सम्झी रोकी

    चर्न गइछे गाई
    छाडी बाच्छीलाई
    बाच्छी एक्लै गोठमा
    कलेटी छ ओठमा

    सक्दिन घाँस चर्नलाई
    आफ्नो पेट भर्नलाई
    हब्बाँ हब्बाँ भन्छे
    टुहुरी झैं बन्छे

    सेती गाईकी छोरी
    रैछे गोरी गोरी
    आमाकै थुन निचरी
    भर्छे पेट बिचरी !!
    •••••••

    काठमाडौ, हालः भर्जिनिया, अमेरिका

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस