जसपा बाहेक सबै भारतीय दलाल हुन; आङ्काजि शेर्पा


  • १३ भाद्र २०७८, आईतवार ०९:४५ प्रकाशित
  • १०९ पटक पढिएको

  • काठमाडौं । भारतिय जनता पार्टीका विदेश बिभाग प्रमुख चौथाइवा भारत फर्कीए लगत्तै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य काङकाजि शेर्पाले जसपा बाहेक सबै भारतीय दलाल भएको सामाजिक सञ्जाल मार्फत बताएका छन ।

    उनी लेख्छन, विजय चौथाइवाले सबै दलका नेता भेटे तर जसपाका नेतालाई भेटेन ! जसपा बाहेक सबै भारतीय दलाल भएको पुष्टि ।

    नरेन्द्र मोदिका विश्वास पात्र मानिने चौथाइवा करिब ५ दिन नेपालमा रहेका थिए । त्यस क्रममा नेपालको राजनीतिक दलका शिर्ष नेताहरु सबै संग भेटवार्ता गरेपनि सजपाका संघिय परिषदका अध्यक्ष डा. बाबुराम र अध्यक्ष उपेन्द्र यादवसंग भेटवार्ता गरेनन । यो घटनाक्रमलाई अध्यान गर्ने कतिपयले विश्लेषकहरुले डा. बाबुराम र उपेन्द्र यादवको पछिल्लो कदमलाई भारतले नरुचाएको बताउँने गरेका छन । पार्टी एकता गरेको १ वर्ष नबित्तै महन्थ-राजेन्द्र पक्षसंग अन्तरिक लफडाले पार्टी नै बिभाजन भएको थियो ।

    उनी आएकै दिन प्रधानमन्त्री शेर बहादुर देउवालाई बालुवाटार भित्रै पुगेर भेटवार्ता गरेका थिए । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पार्टी आधिकारीता गुमाएपछि जसपाबाट बिद्रोह गरेर लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्णा खाँड, अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रका नेता वर्षमान पुन, नेकपा एमालेका महासचिव विष्णु पौडेल हुदै अन्तिममा अर्थमन्त्री जर्नादन शर्मासंग भेटवार्ता गरेका थिए । चौथाइवाले धेरै नेताहरुलाई निवास र कार्यलयमै पुगेर भेटवार्ता गरेका थिए भने माओवादी केन्द्रका नेता वर्षमान पुन र एमाले महासचिव विष्णु पौडेल आफै चौथइवा बसेको होटेलमा पुगेर भेटवार्ता गरेको बुझिएको छ ।

    उनी एमाले बिभाजन हुनै लाग्दा आइपुगेका थिए । दोस्रो पुस्ताका नेताहरु तेस्रो धार भएर पार्टी एकतालाई जोडबल दिइरहेका थिए । बिहान सम्म कार्यदलले तयार पारेको १० बँदे सहमती कार्यानव्यन नभए एमालेबाट बिद्रोह गर्ने चेतावनी दिइरहेका दोस्रो पुस्ताका नेताहरु एकाएक ओली निवासमा वार्ता गर्न गएपछि लचिलो बन्दै एमालेमै रहने निर्णय गरेका थिए । कतिपय राजनीतिक विश्लेषकहरुले त त्यो प्रभाव भारतिय जनता पार्टीका विदेश विभाग प्रमुख डा. बिजय मुरलिधर कै कारण भएको पनि विश्लेषण् गर्दै आएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस