माधव नेपाल सहित १४ सांसदको पद जोगियो, अब सरकारमा जाने बाटो खुल्ला


  • १३ भाद्र २०७८, आईतवार २२:३८ प्रकाशित
  • १२३ पटक पढिएको

  • राजेश सिह बराइली
    काठमाण्डौ, भाद्र १३ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधब नेपाल समुहका १४ सांसदलाई कारवाही तथा निलम्बन गर्न भनिएकोमा प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले बदर गरिदिएका छन् ।
    नेपाल नेतृत्वको १४ जना सांसद सहिद नेकपा एकिकृत समाजवादी पार्टी गठन भई निर्वाचन आयोगबाट दलको मान्यता पाएको अवस्थामा कारवाही गर्न नहुने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।
    अध्यक्ष केपी शर्मा ओलीले संसदमा गत बैशाख २७ मा विश्वासको मत माग्दा उपस्थित नभएको र नयाँ दल खोल्न लागेको अवस्थामा पुगेका नेपाल समुहलाई भदौ १ गते माधव नेपाल, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्रि, कल्याणी खड्का, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, नीरादेवी जैरु, पुष्पाकुमारी कायस्थ, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुड., मेटीमणि चौधरी र विरोध खतिवडालाई सांसाद पदबाट निष्काशन गर्न सिफारिस गरेर पार्टीको साधरण सदस्य समेत नरहने गरि निष्काशन गरेका थिए ।

    त्यस लगतै प्रधानमन्त्रि शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रिय सदस्य तथा सांसद २० प्रतिशत भएमा दल विभाजन हुने अध्यादेश भदौ २ गते जारी गरेकी थिइन् । अध्यादेशले बाटो खुलाएपछि भदौ ९ गते माधव नेपाल समुहले निर्वाचन आयोगवाट नेकपा एकिकृत समाजवादी दलको मान्यता पाएको थियो ।
    एमालेले कार्वाही गरेको सांसद पद रिक्त रहेको सुचना सभामुखले टास गर्नु परेको भएपनि कार्वहिको १५ दिनसम्म निर्णय लिनुपर्ने बाध्यता भएकोले विचाराधिन रहेको थियो । तर नयाँ दल दर्ता भएको १३ दिनमा कार्वाहि गर्न नहुने निर्णय सुनाए । सभामुख भन्छन् नयाँ दल दर्ता भएकोले १४ जना सांसद अवैधानीक छैनन् ।
    सांसद पद जोगीय सगै माधव नेपाल नेकपा एकिकृत समाजवादीका संसदिय दलका नेता भएका छन् । र सरकारमा जानको लागि नेपाली कांग्रेस, माओवादी लगाएत दलसँग छलफलमा जुटेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस