खेलकुद संघका केन्द्रिय सदस्य फुयालद्वारा भक्तपुर टिमलाई खेलकुद सामाग्री हस्तान्तरण


  • १७ भाद्र २०७८, बिहीबार १५:२० प्रकाशित
  • २९६ पटक पढिएको

  • नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्य मिलन जङ फुयाल द्वारा भक्तपुर टीमलाई केही थान खेलकुद सामाग्री हस्तान्तरण गरेका छन्।खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेत र खेलकुद संघका केन्द्रिय सदस्य राजिव जङ्ग बस्नेतको सहकार्यमा फुयालले खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।सफल निर्माण व्यवसायी फुयाल पछिल्लो समय राजनीति सँगै समाजसेवामा पनि सक्रिय छन् ।भक्तपुर टिमका प्रतिनिधिलाई खेलकुद सामाग्री हस्तान्तरण गर्दै फुयालले भने मानव शरिरलाई स्वस्थ्य तर तन्दुरुस्त बनाउन खेल खेल्नु अति आवस्यक छ साथै व्यक्तिगत रुपमा म पनि खेलप्रमि भएकाले थोरै भएपनी सो टिमलाई सामाग्री हस्तान्तरण गरेको हुँ।अबका दिनहरूमा खेलकुद क्षेत्रलाई सक्रिय बनाउन हरपल तयार रहेको र नेपाल लोकतान्त्रिक खेलकुद संघ सँग पनि सहकार्य गर्दै अगाडि बढ्ने सोच बनाएको बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%४%

    प्रतिक्रिया लेख्नुहोस