नेपाली काँग्रेसको ५६ जिल्लाको वडा अधिवेशन सुरु


  • १८ भाद्र २०७८, शुक्रबार ११:४५ प्रकाशित
  • १६६ पटक पढिएको

  • राजेश सिह बराइली
    काठमाण्डौ, भाद्र १८ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको लागि ५६ वटा जिल्लाबाट एकैसाथ वडा अधिवेशन सुभाराम्भ भएको छ । बाँकी रहेको २१ जिल्लामा भने क्रियाशील सदस्यता विवाद टुङ्गिएपछि दोस्रो लटमा हुने नेपाली काँग्रेसका नेताहरुले बताएका छन् ।

    आज हुने ५६ वटा जिल्लाका हरेका वडाका लागि निर्वाचन अधिकृतहरु खटाइएको नेपाली काग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले लिखु अनलाईनलाई बताएका छन् । केन्द्रिय निर्वाचन परिचालन समितीले खटाइएका निर्वाचन अधिकृतहरु प्रत्येक जिल्लाका वडाहरुमा पुगि सक्नु भएको छ, सम्भव भएसम्म आजनै वडा अधिवेशन हुने आशा यादवले ब्याक्त गर्नु भएको छ ।

    विविध कारण बस आज हुन नसकेका वडा अधिवेशनहरु २६ गते भित्रमा अनिवार्य रुपमा गरिसक्नु पर्ने पनि यादवले बताउनु भएको छ । काँग्रेसको भदौ २७ गते ७५३ वटा स्थानीय तह गाउँपालिका तथा नगरपालिकाको अधिवेशन गर्ने तालिका छ ।
    पार्टीको अधिवेशनबाट वडा कार्यसमिति गठनका साथै क्षेत्रीय प्रतिनिधिहरू पनि चयन हुने पनि छन् । क्षेत्रीय प्रतिनिधिहरुले पार्टीको जिल्ला, क्षेत्रीय र नगर तथा गाउँपालिकाको समितिको निर्वाचनमा सहभागी हुन पाउने ब्यावस्था गरिएको छ ।त्यसैगरि क्षेत्रीय प्रतिनिधिले पार्टीको महाधिवेशन प्रतिनिधिको चयन गर्ने अधिकार दिइएको छ । गाउँ तथा नगर पालिकाको वडा समितिका सभापतिलगायतका प्रमुख पदहरू निर्वाचनकै माध्यमबाट चयन गरिनेछ ।

    पहिलाको ब्यावस्थामा परिवर्तन गर्दै काँग्रेसले यस पटक प्रमुख पदहरू क्रियाशील सदस्यताबाटै प्रत्यक्ष रूपमा निर्वाचित भएर आउनुपर्ने प्रावधान बनाएको छ । सोहीअनुसार गाउँ तथा नगरमा वडा समितिका सभापति, दुईजना उपसभापति, दुईजना सचिव र दुई जना सहसचिव वडाभित्रका क्रियाशील सदस्यताबाटै प्रत्यक्ष रूपमा निर्वाचित भएरै आउँदैछन् । वडा कमिटीको कोषाध्यक्ष पदमा भने सभापतिले निर्वाचित सदस्य मध्येबाट मनोनीत गर्ने व्यवस्था छ ।
    यसअघि १३ औँ महाधिवेशनमा काँग्रेसको गाउँ तथा नगर कमिटी वडामा सभापति, सचिव र कोषाध्यक्ष मात्र निर्वाचित हुने प्रावधान थियो ।वडाको उपसभापति, सचिव, सहसचिवलगायतका पदमा सभापतिले मनोनीत गर्ने प्रावधान थियो । पार्टीको विधानअनुसार क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्य मात्र नगर वा गाउँ वडा कार्यसमितिका सभापतिको निर्वाचनमा उम्मेदवार बन्न पाउनेछ । गाउँ र नगरमा पदाधिकारीको सङ्ख्या एउटै भए पनि कार्यसमिति सङ्ख्या फरक छ ।

    गाउँपालिकामा वडा कार्यसमिति प्रत्यक्ष ९ जना ९३ महिला०, समानुपातिक ६ जना गरी जम्मा २२ सदस्यीय हुने छ । यस्तै नगरपालिका वडा कार्यसमिति प्रत्यक्ष १२ जना ९४ महिला० र समानुपातिक ८ जना गरी २७ सदस्यीय हुनेछ ।
    उपमहानगरपालिका वडा कार्यसमिति प्रत्यक्ष १५ ९महिला ५०, समानुपातिक १० गरी ३२ सदस्यीय हुनेछ । यस्तै महानगरपालिका वडा कार्यसमिति प्रत्यक्ष १८ ९महिला ६ जना०, समानुपातिक १२ गरी ३७ सदस्यीय हुने छ ।
    प्रत्येक वडामा १ सय ५० क्रियाशील सदस्य बराबर ९ जना र थप १ सय क्रियाशील सदस्य बराबर ६ जनाको दरले क्षेत्रीय प्रतिनिधिको निर्वाचन हुने छ ।
    क्षेत्रीय प्रतिनिधि बढीमा ७५ जनासम्मको निर्वाचित हुनेछन् । यही क्षेत्रीय प्रतिनिधिले गाउँ÷नगर कार्यसमिति निर्वाचित गर्ने काँग्रेसको विधानमा व्यवस्था छ । त्यसमा सबै वडाबाट समावेशी समूहको प्रतिनिधित्व अनिवार्य गरेको छ ।
    सम्बन्धित समावेशी समूहका क्रियाशील सदस्य भएको अवस्थामा कम्तीमा एक जना क्षेत्रीय प्रतिनिधि र कार्यसमितिमा एक जनाको प्रतिनिधित्व अनिवार्य हुनेछ ।
    महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएको प्रतिनिधित्व अनिवार्य हुने भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस