कोरोना ग्राफ ओर्हालोतिर, सङ्क्रमण दर ११% भन्दा कम


  • २४ भाद्र २०७८, बिहीबार १७:१३ प्रकाशित
  • १५६ पटक पढिएको

  • शङ्कर बुढाथोकी / काठमाण्डाै : पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर ११ प्रतिशतभन्दा तल झरेको छ । एन्टिजेन र पीसीआर गरी ११ हजार नौ सय ४४ जनाको नमुना परीक्षण गर्दा १२ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

    २४ घण्टामा परीक्षण गरिएकामध्ये १० दशमलव ६४ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको छ । धेरै लामो समयपछि आज बिहीवार सङ्क्रमण दर १० प्रतिशतमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका थपिने सङ्क्रमितभन्दा निको हुनेहरू धेरै भएका छन् । २४ घण्टामा एक हजार आठ सय ४५ जना निको भएका छन् भने एक हजार दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १८ सय ४५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेकोे सङ्ख्या सात लाख ३५ हजार ६ पुगेको छ । नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६० हजार आठ सय ६ पुगेको छ । 

    यस्तै यही अवधिमा थप १४ जनाले सङ्क्रमणबाट ज्यान गुमाएसँगै काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय तीन पुगेको छ । अहिले २८ हजार ६ सय ७८ जना सक्रिय सङ्क्रमित रहेकामा चार सय ५८ जनाको आईसीयू र एक सय ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस