देउवा खनाल बिच डल्लुमा भेटवार्ता


  • २८ भाद्र २०७८, सोमबार १८:२२ प्रकाशित
  • ११७ पटक पढिएको

  • भदौ २८/काठमाडौ : नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालाइ भेट्न खनाल निवास डल्लु पुगेका छन ।

    नेता खनाल भारतमा आफ्नो मृगौलाको उपचार गराएर केहि दिन अघि मात्र स्वदेश फर्किएका थिए । संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातर सदन अवरुद्ध गरिरहेकै समयमा देउवा- खनाल भेट हुन लागेको हो ।

    विशेष त देउवाले खनालको स्वास्थ अवस्था बारे बुझ्नको लागि भेट घाट गर्ने भए ता पनि देशमा विद्यमान राजनैतिक गतिअवरोधको बारेमा पनि छलफल गर्ने श्रोतले बताएको छ ।

    यति बेला खनाल निवास डल्लुमा नेता खनाल र प्रधानमन्त्री देउवा बिच भेट वार्ता भइ रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस