आज पाँच वटा प्रदेशमा वर्षा हुने


  • १ आश्विन २०७८, शुक्रबार ०९:४० प्रकाशित
  • ७९ पटक पढिएको

  • काठमाण्डाै : अहिले काठमाण्डौ उपत्यकामा हल्का पानी परिरहेको छ ।

    आज बेलुकासम्म नै काठमाण्डौ उपत्यकामा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आज दिउँसो  वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा र बाँकी प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

    राति पनि देशभरको मौसम बद्ली भइ केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भोलि बेलुकासम्म देशभरको मौसम बदली भइ सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

    भोलि रातिदेखि भने देशभरको मौसम सुधार हुँदै जाने उहाँले बताउनुभयो । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस