युथ फोर्स दोलखाको प्रमुखमा मङ्गोल अवतार सिँग लामा निर्वाचित


  • ५ आश्विन २०७८, मंगलवार १६:१७ प्रकाशित
  • ३६४ पटक पढिएको

  • नेपाल कम्युनिस्ट पार्टी एमाले दोलखाको जनवर्गीय संगठन दोलखा युथ फोर्स नेपालको प्रमुखमा मङ्गोल अवतार सिँग लामा निर्वाचित भएका छन् ।दोलखा जिल्ला भिनपा- ७ मकैबारी स्थायी ठेगाना भएका सिँग सक्रिय राजनीति सँगसँगै समाजसेवामा पनि लागिरहेका छन्। भर्खरै सम्पन्न राष्ट्रिय युवा संघ नेपाल दोलखाको भेलाले युवानेता सिँगलाई युथ फोर्स नेपालको प्रमुखमा निर्बिरोध निर्वाचित गरेको हो।                   

    लामो समयदेखि दोलखा कम्युनिष्ट आन्दोलनलाई सफल पार्नको निमित्त आम दोलखाली कम्युनिष्ट विचार, सिद्धान्त बोकेका र अन्य पार्टीमा रहेका सम्पुर्ण राजनीतिक चेतना भएको युवाहरुमा एकताबद्ध भई अगाडी बढ्ने योजना रहेको उनले बताए ।हरेक युबाहरुमा राजनिती चेतना हुनु पर्दछ। युवा यस्तो शक्ति हो जुन प्रयोगको साधन मात्र नभई समाज परिबर्तन सहितको रास्ट्र निर्माणका हिस्स पनि हो। युवाहरुको सक्रियताले मात्र रास्ट्रको विकसित र परिबर्तन गर्न सम्भव हुने बताए। बिगत लामो साल देखिको दोलखा कम्युनिस्ट आन्दोलन लाई सफल पार्नको निमित्त आम दोलखाली कम्युनिस्ट बिचार र सिद्धान्त बोकेका र अन्य पार्टीमा रहेका सम्पुर्ण राजनीतिक चेतना भएको युवाहरुविच एकताबद्ध भइ दोलखामा रहेको सामान्तिवाद, दलाली, भ्रष्टाचार, ज्यादती र पुजीवाद को अन्त्य गर्दै दोलखाको विकासमा लाग्ने नवनिर्वाचित युथ फोर्स प्रमुख सिँगले वताए। त्यस्तै अब हरेक वडा र पालिकामा पनि युथ फोर्स गठन गरि नेकपा एमालेलाई हरेक जनता माझ पुर्याउने आफ्नो उद्देश्य रहेको वताए।                                                                 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%७%२%२%

    प्रतिक्रिया लेख्नुहोस