युवा नेता तथा व्यवसायी फुयालद्वारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण


  • ७ आश्विन २०७८, बिहीबार १६:४१ प्रकाशित
  • ५९९ पटक पढिएको

  • नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य तथा निर्माण व्यवसायी मिलन जंङ फुयालले आफू अध्यायन गरेको सामुदायिक विद्यालयलाई विभिन्न प्रकारका खेलकुद सामाग्री हस्तान्तरण गरेका छन्।कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ स्थित श्री बालबिकास माध्यमिक विद्यालयका शिक्षक लव सिम्खडालाई फुयालले फुटबल ५ थान, भलिबल २थान, व्याट्मिन्टन २ सेट र भलिबलको जाली १ थान एक कार्यक्रम विच हस्तान्तरण गरेका हुन् ।साथै सोही विद्यालयका कार्यलय सहयोगी स्वर्गीय कान्छा कार्किको श्रीमती यसोदा कार्कीलाई नगद रु.५००० सहयोग गरेका छन् ।यस अघि पनि सफल निर्माण व्यवसायी फुयालले विभिन्न संघ संस्थालाइ आर्थिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%६%

    प्रतिक्रिया लेख्नुहोस