बजेटमा मनोमानी नगर्न भन्दै नेकपा एस तिल्पुङले बुझायो वडा अध्यक्षलाई ज्ञापनपत्र


  • ५ कार्तिक २०७८, शुक्रबार १४:४० प्रकाशित
  • १०२१ पटक पढिएको

  • रामेछाप :  नेपाल कम्युनिस्ट पार्टि (एस) लिखु तामाकोशी गाँउपालिका वडा नं. ७ को इकाइ कमिटिले वडा अध्यक्ष सुभाष बोहरालाई ७ नं वडा कार्यालय तिल्पुङ – कटहरेमा पार्टिको तर्फबाट ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष बोहराले आलटाल गरि ज्ञापनपत्र बुझ् मानेका थिएनन् , दवाव पछि अन्त्यमा  बाध्य भएर अध्यक्ष बोहराले  ज्ञापन पत्र  बुझेका थिए ।

    नेकपा समाजवादी (एस) तिल्पुङ इकाइ कमिटिका अध्यक्ष ढालबहादुर वि.क. वडा अध्यक्ष सुभाष बोहरालाई ज्ञापनपत्र बुझाउँदै

    अध्यक्ष बोहराले लोकतन्त्रका न्युनतम मापदण्ड समेत पुरा नगरि हेपाहा शैलीमा निर्वाचित वडा सदस्यलाई समेत छलफलमा सहभागी नगराई योजन छनौट, बजेट विनियोजन देखी वडाको सम्पूर्ण काम कार्वावही एक लौटी रुपमा गरेकोले त्यसो नगर्नको लागि वडा अध्यक्षलाई चेतावनीस्वरुप ज्ञापन पत्र बुझाइएको नेकपा एस का तिल्पुङ इकाई कमिटिका अध्यक्ष ढालबहादुर वि.क.ले बताए ।

    दलित जनजाती, महिला लगाएतका समावेशी वजेटमा पनि मनोमानी गर्ने, आफ्ना गुटका र आसेपासेहरुको मान्छेलाई घर–घरमा गई बजेट सोधेर उनिहरुको अनुकुल बजेट विनियोजन गर्ने, हहिले सम्म वडाको सर्वजनिक सुनुवाइनै नगर्ने, विनियोजित वजेटको लिस्ट सार्वजनकि नगर्ने, एउटै पार्टिमा रहदा पनि प्रतिपक्षको जस्तो व्यवहार गर्ने लगाएतका बहराको व्यातिmवादी प्रवृतीले वडालाई ठूलो घाटा भएको, आगामीदनिमा यस्ता निरंकुश र व्यक्तिवादी  प्रवृतीको सुधार नगरे आफुहरु अब नसहने र डटेर सामाना गर्ने कुरा पनि अध्यक्ष वि.क.ले बताए ।             

    ज्ञापन पत्रको पुर्ण पाठ

    यस वर्ष आ.व. ०७८/७९ वजेट विनियोजनको लागि योजना छनौट गर्न वडा सदस्य भीमलक्ष्मी सार्की, ज्ञानबहादुर लामा र इन्द्रबहादुर  बुढाथोकी लाई पनि कुनै जानकारी नगरी एकलौटीरुपमा गरेको सदस्य त्रयले लिखु अनलाइनलाई जानकारी दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १७%१%७%१%१%

    प्रतिक्रिया लेख्नुहोस