बाबुद्वारा आफ्नै छोराछोरिमाथि एसिड प्रहार


  • ७ मंसिर २०७८, मंगलवार ०७:१८ प्रकाशित
  • २०३ पटक पढिएको

  • सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आफ्नै बुबाको एसिड प्रहारबाट छोराछोरी घाइते भएका छन् ।

    सोलु दूधकुण्ड नगरपालिका-५ वसन्तबजारका अन्दाजी ५५ वर्षका मोहन बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    एसिड लागेर २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेमध्ये छोराको अवस्था गभ्मीर छ ।

    एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले जाँड रक्सी खाएर एसिड प्रहार गरेका खुल्न आएको प्रहरीले जनाएको छ ।  

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया लेख्नुहोस